play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

आज अन्तर्रा्ष्ट्रिय युवा दिवस नेपालमा पनि मनाईँदै

0

साउन,२७ ।
शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्द्धन भन्ने नाराका साथ आज अन्तर्रा्ष्ट्रिय युवा दिवस नेपालमा पनि मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९९ देखि अगस्ट १२ तारिखमा यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि मात्रै अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ । २०६८ को राष्ट्रिय जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कुल ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् । अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औँ नम्बरमा छ । युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि राष्ट्रिय युवा नीति बनाई युवा विकासका विषयवस्तुलाई नीतिगत रूपमा समावेश गरिएको छ । युवाका विषयमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत र जागरुक बनाउन यो दिवस मनाउने गरिन्छ ।

Share.

Leave A Reply