साउन २६ ।
माडी नगरपालिकाले अति बिपन्न आफ्ना नागरिकलाइ बाख्रा पालनमा अनुदान दिइरहेको जनाएको छ ।नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालका अनुसार अहिले सम्म माडी नगरपालिकाबाट ९० जनाले अनुदान रकम पाइसकेका छन् ।जसमा हाल सम्म २२ लाख ५० हजार खर्च भएको नगरपालिका श्रोतले जानकारी दिएको छ । बिदेश पलायन हुने यूवालाई स्वदेशमै रोकेर बाख्रा पालन ब्यवसाय तर्फ आकर्षित गराउन सके मात्र समृद्धि हासिल हुने नगरप्रमुख ढकालको भनाइ थियो ।कृषकलाई विभिन्न क्षेत्रमा अनुदान दिन नसके सम्म देश बिकास नहुने बताउदै जनताको करबाट नै अनुदान बितरण गरेकोले यसको सही सदुयोग गर्न कृषकलाई उहाले आग्रह गर्नुभयो । किसानहरुले गोठमा न्यूनतम मापदण्डको गोठ बनाउन केही राहत होस भन्ने उद्धेश्यले अनुदान बितरण गरिएको ढकालले बताउनुभयो । नगरभित्रका किसानलाई प्रोहत्सान हुने किसिमका योजना समेत नगरले बनाईरहेको उहाको भनाइ थियो।माडी नगरपालिकामा कृषकहरुबाट आएको मागलाई सतप्रतिशत सम्बोधन गरीएको माडी नगरपालिकाका सूचना अधिकारी प्रविन भण्डारीले बताउनु भयो । यसैबीच माडी नगरपालिकाले अति बिपन्न बर्गलाई १ माइ १ गाइ अनुदान कार्यक्रम संचालन गरिरहेको छ । जसमा अहिले सम्म ४५ जनाले अनुदान पाएको भण्डारीले जानकारी दिनुभयो । अहिले सम्म यस कार्यक्रममा १८ लाख खर्च भैसकेको छ ।
माडी नगरपालिकाद्वारा किसानलाइ अनुदाननै अनुदान
माडी नगरपालिकाद्वारा किसानलाइ अनुदाननै अनुदान

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु