play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

लोक सेवा विज्ञापन खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका ११ जना पक्राउ

0

साउन, २६ ।
लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिको लागि गरेको विज्ञापन खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका ११ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौँको भद्रकालीमा भेला भएका थिए । भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई प्रदर्शनीमार्ग्स्थित नेपाल पुलिस क्लबमा राखिएको छ । प्रदर्शनका क्रममा उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजिनामा माग गरेका थिए ।

Share.

Leave A Reply