कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

0

साउन, २६ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । अहिले केहीबेरमा बस्ने बैठकले स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने भएको छ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा हिजो साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारीसहित नेताहरूको बैठकले तल्लो तहको संरचना सहमतिबाट टुंगो लगाउने गरी निर्दे्शिका तयार पारेको थियो । समायोजन भएका निर्वाचन क्षेत्रका साथै नगर र गाउँपालिकामा गाभिएका वडा र गाविसका नेतृत्व सहमतिबाट टुंगो लगाउने नेताहरुले समझदारी गरेका छन् । नेतृत्व चयन भूगोल, जनसंख्या, वरिष्ठतासहितका विकल्पलाई आधार बनाएर नेतृत्व चयन गर्ने बताइएको छ आज दिउँसो बस्ने बैठकले अन्तरिम संरचना गठन निर्दे्शिका टुंगो लगाउने तयारीमा रहेको काँग्रेसले जनाएको छ । अन्तरिम संरचना गठनको विषयमा विवाद भएपछि केन्द्री समितिको बैठक एक महिनादेखि प्रभावित हुँदै आएको छ ।

Share.

Leave A Reply