सिंगापुर जानुभएका प्रधानमन्त्री ओली भोलि मात्रै स्वदेश फर्कने

0

साउन,२६ ।
उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका लम्बिएको छ । स्वास्थ्य परीक्षण रिपोर्ट नआएकाले प्रधानमन्त्री स्वदेश फर्कने कार्यतालिका लम्बिएको उहाँको सचिवालयले जानकारी दिएको छ । शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेको भए पनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले सिंगापुरको बसाई लम्बिएको हो । शुक्रबारपछि आज स्वदेश फर्कने तय भए पनि आजसम्म पनि स्वास्थ्य परीक्षण रिपोर्ट नआउँदा बसाई लम्बिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीसहितको टोली भोली थाइ एयरबाट दिउँसो साढे १२ बजे आइपुग्नुहुने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको सिङ्गापुको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उहाँ साउन १८ गते त्यसतर्फ जानुभएको थियो ।

Share.

Leave A Reply