play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

नवनिर्वाचित थारु पत्रकार संघ चितवनको पदस्थापन

0

चितवन, साउन २५ ।

थारु पत्रकार संघ (थापस) चितवनका नवनिर्वाचित कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ ।

सिनर्जी एफ एमको सभाहलमा एक कार्यक्रमकाबीच नयाँ समितिलाई पदस्थापन गरिएको हो । संघका निवर्तमान अध्यक्ष कारी महतोले नयाँ अध्यक्ष सुमित्रा महतोलाई पद हस्तान्तरण गरे ।


साथै नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । थारु पत्रकार संघका केन्द्रीय सदस्य सन्तकुमार चौधरी र केन्द्रीय सदस्य तथा प्रदेश ३ का इन्चार्ज राजु चौधरीले प्रमाण प्रदान गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुमित्रा महतोले संस्थालाई चलायमन बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताइन् । उनले आउँदो भदौंमा हुने संघको केन्द्रीय महाधिवेशनलाई सफल बनाउन लागि पर्ने बताइन् ।

संघको शनिबार नै बसेको पहिलो बैठकले पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा सन्तकुमार चौधरी, राजु चौधरी, कारी चौधरी, चन्द्रकुमारी चौधरी र नन्दलाल महतो रहेका छन् । कार्यक्रममा संघका उपाध्यक्ष मनोज चौधरी, सचिव संजय चौधरी, सह–सचिव ज्योति महतो, कोषाध्यक्ष दिव्या महतो, सदस्यहरु राकेश चौधरी, रीता चौधरी, शिव महतोलगायतको उपस्थिति रहेको थियो ।

संघको गत शनिबार भएको तेस्रो अधिवेशनले सुमित्रा महतोको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । कार्यक्रम निर्वाचन समितिका सदस्य एवंम संघका केन्द्रीय सदस्य सन्तकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply