साउन, २६ ।
भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन भएकी छन् । गएराति अवेरसम्म चलेको कांग्रेस कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागी नहुने घोषणा गरेका थिए । सोनियाले १९९८ देखि २०१७ सम्म कांग्रेसको नेतृत्व गरेकी थिइन । त्यसपछि राहुलको हातमा आएको नेतृत्व पुनः सोनियामा फर्किएको हो । तर सोनियाले नेतृत्व लिन अस्वीकार गरेकी थिइन । यस्तै कंग्रेसलाई जसैगरी पनि १५ तारिख अगाडी नयाँ अध्यक्ष घोषणा गर्नु पर्ने भएकाले पनि अहिलेलाई अन्तरिम अध्यक्षको रुपमा सोनियालाई राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी
भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु