play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

कपिलवस्तुको मायादेवी र दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी

0

साउन, २६ ।
अज्ञात समुहले कपिलवस्तुको मायादेवी गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ । गाउपालिका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले आगजनी गरेका हुन् । गए राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति पौने ११ आगजनी भएको हो । आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताएका छन् । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । राती नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।

उता दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा पनि आगजनी भएको छ । अज्ञात समूहले आगो लगाउँदा रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Share.

Leave A Reply