धादिङ,साउन,२६ ।
धादिङको सलाङघाटमा शुक्रबार भएको बस दुर्घटनामा हराइरहेकाको खोजी भइरहेको छ । आज बिहानैदेखि नेपाली सेना प्रहरी र गोताखोरसहितको टोलीले खोजी थालेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । त्यस्तै दुर्घटनामा ज्यान गुमाएका नौ जनाकै परिचय खुलेको उहाँले जानकारी दिनुभयो । ज्यान गुमाएकी सर्लाही त्रिभुवन नगरपालिका ४ की शोभा रौनियारको शनिबार अबेर परिचय खुलेको हो । त्यस्तै दुर्घटनामा परि ज्यान गुमाउनेमा भारत सितामढी बस्ने वर्ष ३० को अजय ठाकुर, सर्लाहीका २५ वर्षीय विजय कुर्मी, सर्लाहीको मलंगवा १ का सुनिल कुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षकी निमा श्रीवास्तव, मलंगवा नगरपालिका ६ का ५५ वर्षीय जगरनाथ राय यादव, सर्लाहीको हरिवनका ४६ वर्षीय बिनोदप्रसाद उप्रेती, महोत्तरीको बर्दिबास नगरपालिका ६ का २५ वर्षीया सरिताकुमारी महतो र उनका ६ वर्षका छोरा आशिषकुमार साह तथा भारतका अजय ठाकुर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको छ ।
त्रिशूलीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ९ जनाकै सनाखत,बेपत्ताको खोजी कार्य जारी
त्रिशूलीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ९ जनाकै सनाखत,बेपत्ताको खोजी कार्य जारी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु