play_circle_outline On Air

अजरमर

play_circle_outline On Air

अजरमर

भरतपुरमा फोहोर फाल्नेलाई जरिवाना

0

चितवन , साउन २५  ।  भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा जथाभावी फोहोर फाल्ने र बाल्नेलाई जरिवाना गर्न थालेको छ । महानगरले यसका लागि टोली नै खटाउने गरेको छ ।

महानगरले फोहोर व्यवथापनमा हेल्चेक्र्याइँ गर्नेलाई सुरुमा पाँच हजार र त्यसपछि पनि अटेर गरेको भेटिएमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने नियम बनाएको छ । सार्वजनिक यातायातमा डस्टबिन नराखेमा सुरुमा एक हजार रुपैयाँसम्म जरिवाना गर्ने महानगरको नियम छ । त्यसैगरी, प्लास्टिक खुला रूपमा बालेमा पहिलो पटक १० हजार, दोस्रो पटक १५ र तेस्रो पटक २० हजार रुपैयाँ जरिवाना हुने छ ।

जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने हानिकारक फोहोर सार्वजनिक स्थान वा सडकमा थुपारे ३० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवना गर्ने महानगरको प्रावधान छ । महानगरको सामाजिक महाशाखा प्रमुख रहेका उपसचिव प्रद्युम्नप्रसाद उपाध्याय नेतृत्वको टोली यो काममा खटेको छ । उनको टोली बुधबारदेखि बजारमा डुल्न थालेको छ ।

‘महानगर क्षेत्रलाई सफा र सुन्दर राख्न फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन र अन्य योजनाहरू ल्याएका छौं । त्यसैको कार्यान्वयन सुरु भएको हो,’ उपाध्यायले भने । भरतपुर महानगरमा दैनिक ६४ टनभन्दा बढी फोहोर उत्पादन हुने गर्छ ।
Share.

Leave A Reply