play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चेतनशील आमा समुहको बार्षिकोत्सवमा स्वास्थ्य सचेतना

0

रत्ननगर, साउन २५ गते । रत्ननगर १२ मा रहेको चेतनशिल आमा समुहको नवौं बार्षिकोत्सवको अबसरमा शनिवार स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । समुहमा आबद्ध आमाहरुलाई लक्षित गरी अर्गानिक जडिबुटीको प्रयोथ र उपचार पद्धतीको विषयमा प्रशिक्षण दिइएको हो । कार्यक्रमको उद्घाटन गर्दै मेयर नारायण वनले आमा समुहले समाजको नेतृत्व गर्नुपर्ने बताए । समाजको विकास भएमात्र नगरको विकास हुने भन्दै उनले आमा समुह समाजमा हुने विकृति अन्त्य गर्ने तर्फ केन्द्रीत हुनुपर्ने बताए । कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष बीरबहादुर पाख्रिनले आमा समुहले गर्ने हरेक सकारात्मक काममा वडाले सहयोग गर्ने बताए । कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशिल सामथ्र्य नेपालका अध्यक्ष अर्जुन भूषाललाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा मल्टिकेयर इन्टरनेशनल प्रा.लि.का सञ्चालक लेखनाथ अर्यालले अर्गानिक जडिबुटीको प्रयोग गर्ने तरिका र यसबाट हुने फाईदाको विषयमा सहजीकरण गरेका थिए । आमा समुहकी अध्यक्ष निर्मला दंगालको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पार्वती न्यौपाने,खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भीष्मराज खनाल,कार्यपालिका सदस्य निर्मला खड्का,आमा समुहकी सचिव अनिता अर्याल लगायतले मन्तव्य राखेका थिए । २०६७ सालमा स्थापना भएको सो आमा समुहले लागु औषध दुव्र्यशनी विरुद्धका कार्यक्रम,फोहोर व्यवस्थापन,सरसफाई,महिला हिंसा न्यूनीकरण तथा सीप मुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको सचिव अनिता अर्यालले जानकारी दिइन ।

Share.

Leave A Reply