play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

उत्तर कोरियाद्धारा जापानको समुद्रमा २ वटा मिसाइल प्रक्षेपण

0

साउन,२५ ।
उत्तर कोरियाले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । आज बिहान दक्षिणी हेम्याङ प्रान्तको हमहङ शहर नजिकैबाट जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उसले समुद्रतर्फ लक्षित गरेर प्रहार गरेका मिसाइल कुन प्रकारको हो खुलेको छैन । पछिल्लो दुई हप्ताको अवधिमा उत्तर कोरियाले गरेको यो पाँचौ प्रक्षेपण हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबाट आफूले निकै सुन्दर पत्र प्राप्त गरेको बताएलगत्तै मिसाइल प्रक्षेपण भएको हो । हाल अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यासबाट किम खुशी नरहेको ट्रम्पले बताएका थिए । अमेरिका र दक्षिण कोरियाबीच अगस्ट ११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ ।

Share.

Leave A Reply