play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

भारतबाट अवैध भित्याइएका पाँच हजार पाँच सय चल्ला चितवनबाट नियन्त्रणमा

0

चितवन,साउन २५ ।
भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएका पाँच हजार पाँच सय कुखुराका चल्ला व्यवसायीले आज नियन्त्रणमा लिई नष्ट गरेका छन् । रौतहटबाट तनहुँको डुम्रेतर्फ लैजाँदै गरेका चल्ला नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेबाट नियन्त्रणमा लिई भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमाल्याई नष्ट गरिएको हो । कुखुराका चल्ला ल्याउन प्रयोग गरिएको ना ४ च ३६९८ नं गाडीसहित व्यवसायीले नियन्त्रणमा लिएका ह्याचरी उद्योग सङ्घका सहसचिव पुरु खनालले जानकारी दिनुभयो । सवारीलाई भन्सार कार्यालय पठाइने जनाइएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस ।

Share.

Leave A Reply