साउन,२४ ।
नेपालगञ्ज उपहानगरपालिकाको वीपी चोकमा गए राति आगलागी हुँदा एक दर्जनभन्दा बढी फर्निचर उद्योग जलेर नष्ट भएका छन् । बिजुली शर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । व्यवसायीहरुले आगलागीबाट तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको दावी गरेका छन् । १२ वटा फर्निचर पसल र नजिकै रहेको सरदार डेन्टल आर्ट गरी १३ पसलमा आगलागीले क्षति र्पुयाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । राति ११ बजेतिर सुरु भएको आगो आज बिहान मात्र नियन्त्रणमा आएको थियो ।
नेपालगञ्जको वीपी चोकमा आगलागी,एक दर्जनभन्दा बढी फर्निचर पसल जलेर नष्ट
नेपालगञ्जको वीपी चोकमा आगलागी,एक दर्जनभन्दा बढी फर्निचर पसल जलेर नष्ट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु