play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

कश्मीर घटनापछि भारतीय प्रधानमन्त्री मोदीद्धारा राष्ट्रका नाममा सम्बोधन

0

साउन, २४ ।
विवादित कश्मीर क्षेत्रमा तनाव चर्कँदै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै कश्मीरको विशेष हैसियतसम्बन्धी धारा ३७० को खारेजीको बचाउ गरेका छन् । मोदीले उक्त धाराले कश्मीरलाई कुनै लाभ नदिएको दाबी गरे । मोदीले सरकारको निर्णयले कश्मीरको वर्तमान सुध्रिने र भविष्य सुरक्षित हुने तर्क पनि गरे । मोदीले दाबी गरेका छन् कि यसले त्यहाँ विकास, स्थिरता र शान्ति छाउने छ । उनले जम्मू–कश्मीरलाई फेरि पूर्ण राज्य बनाउने र लद्दाख मा तीव्र विकास गर्ने दाबी गरे । यसैबीच भारत प्रशासित कश्मीरमा ३ सयजनाभन्दा धेरैलाई पक्राउ गरिएको बताइएको छ । त्यहाँ इन्टरनेट तथा फोन लाइन बन्द छन् । अस्थायी हिरासत कक्षमा त्यहाँका राजनीतिज्ञ, अभियानकर्मी, अगुवा, व्यापारी तथा कलेजका प्राध्यापक राखिएका छन् । सोमवार भारत सरकारले संसद्मा उक्त निर्णय गर्नुभन्दा पहिल्यैदेखि कश्मीर पूर्ण बन्दको अवस्थामा रहेको छ । भारत प्रशासित कश्मीरमा पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । सो घटनाक्रम लगत्तै पाकिस्तानले भारतसँगको द्विपक्षीय व्यापार स्थगन गरेको थियो, जसप्रति भारत सरकारले बिहीवार दुःख प्रकट गरेको छ । स्थानीय प्रहरीले रोयटर्स समाचार संस्थालाई विरोध प्रदर्शन रोक्न पक्राउ गरिएको बताए । एक प्रहरी अधिकारीले मानिसहरू निकै आक्रोशित भएको बताए । साथै त्यहाँका बासिन्दाले हिंसा भड्किने चिन्ता व्यक्त गरेका छन ।

Share.

Leave A Reply