play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

‘प्रोफेसनल पब्लिक स्पिकिङ च्याम्पियन–२०१९’ की प्रथम प्रकृति न्यौपानेलाई कलेजको सम्मान

0

श्रावण २३

सिनर्जी एफएमको आयोजनामा सम्पन्न भएको ‘प्रोफेसनल पब्लिक स्पिकिङ च्याम्पियन–२०१९’ को बिजेता  प्रकृति न्यौपानेलाई उनि अध्यनरत कलेजले सम्मान गरेको छ ।

बालकुमारी कलेजमा वि.एसी. चौथो वर्षमा अध्यनरत छात्रा न्यौपानेलाई  विहिवार कलेजको वातावरण विज्ञान विभागले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । बालकुमारी कजेजका प्रमुख जगदिश खनालले खादा र प्रमाण पत्र सहित न्यौपानेलाई सम्मान गनुभएको थियो । बालकुमारी कजेजका प्रमुख जगदिश खनालल स्वयम् प्रमुख अतिथि रहनुभएको कार्यक्रममा  कलेज प्राध्यापक संघका सभापति अनन्त ढुङगाना, प्राध्यापक, विद्यार्थी लगायतको उपस्थिती थियो ।कार्यक्रम  विज्ञान संकायका कार्यक्रम प्रमुख अनुप मुनि बज्राचार्यको सभापतित्वमा  सम्पन्न भएको थियो ।

प्रतियोगितामा सहभागि ५ सय ९ जना प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै प्रकृति न्यौपानेले साउन १७ गते सम्मन प्रतियोगिताबाट नगद १ लाख सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्दै   ‘प्रोफेसनल पब्लिक स्पिकिङ च्याम्पियन–२०१९’  को प्रथम बनेकी थिन् ।  उत्त प्रतियोगितामा चितवन र नवलपुरका ९० स्कुल र क्याम्पसका विद्यार्थी सहभागी थिए । 

Share.

Leave A Reply