चितवनमा आज १३९ जनाले गरे रक्तदान

0

चितवन, साउन २३ गते । रगतको अभावलाई कमगर्ने उद्देश्यले नारायणगढ रोटरी क्लब, नारायणगढ रोट¥याक्ट क्लब र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्टल स्टोर भरतपुरमा कार्यक्रममा ४४ जना महिला र ९५ जना पुरुष गरी १३९ जनाले रक्तदान गरेको नारायणगढ रोटरी क्लबका अध्यक्ष सुसनलाल प्रधानले जानकारी दिनुभयो ।
कार्यक्रममा रक्त सञ्चार केन्द्र, भरतपुर बाट प्राप्त रेकर्ड अनुसार ८४ पटक रक्तदान गर्नुहुने महिला रक्तदाता भण्डारा निवासी अनिता मैनालीलाई नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, अध्यक्ष सुसनलाल प्रधान र नारायणगढ रोट¥याक्ट क्लबका अध्यक्ष सन्तोष थापाले प्रशंसा–पत्र सहित दोसल्ला ओढाई सम्मान प्रदान गर्नुभएको थियो ।

Share.

Leave A Reply