संविधानको कार्यान्वयनमा हेलचेत्र्याइ भयो – नेता शर्मा

0

काठमाडौँ, साउन २३ गते । नेकपाका नेता जनार्दन शर्माले संविधानलाई गुडियाका रुपमा नलिन चेतावनी दिएका छन्। बिहीबार संसदको विशेष समयमा शर्माले संविधानमा उल्लेख भएका महत्वपूर्ण विषयलाई कार्यान्वयन गर्न सन्दर्भमा हेलचेत्र्याइ भएको भन्दै आपत्ति जनाएका हुन् ।

शर्माले नेपालको संविधानको महत्वपूर्ण विशेषताका रुपमा लिइएको संघीयता र समावेशीतालाई कार्यान्वयन गर्न सरकारबाट बेवास्ता भएको आरोप लगाए ।

उनले संविधान ठूलो बलिदानबाट आएकाले त्यसलाई बालबालिकाको गुडियाका रुपमा नलिन चेतावनी दिए। ‘संघीयता समावेशीताविरुद्ध आवाज सुनिन थालेको छ । प्रदेश नभए पनि हुन्छ भन्ने आवाज सुनिन थालेको छ । संविधानमा नै प्रश्न उठाउने सुरु भएको छ । त्यसलाई मान्न सकिँदैन । संविधानलाई गुडियाका रुपमा नलियोस्, चेतावनी दिन चाहन्छु । यो त्याग र बलिदानबाट आएको हो’, शर्माले भने ।

उनले सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धि आयोगलाई पूर्णता नदिएको भन्दै आपत्ति जनाए ।

Share.

Leave A Reply