माडी, साउन २३ गते । चितवनको माडी नगरपालिकामा बिद्युत पुगेको लामो समय भैसक्दा समेत अझै ३० प्रतिशत भूभागमा पुग्न सकेको छैन ।बि.स.२०७३ साल मङ्सिरमा माडीमा पहिलोपटक बिद्युत पुगेको थियो । नेपाल विद्युत प्राधिकरणद्धारा निर्मित ३३ बाई ११ केभि माडी शब स्टेशनको २०७३ को मङ्सिरमा तत्कालिन उर्जामन्त्री जनार्दश शर्माले उद्घाटन गर्नुभएको थियो ।माडीमा बिजुली लैजान २०६६ सालदेखि काम शुरु भएको थियो ।
८ किलोमिटर निकुञ्जको बाटोमा जमिनमुनि विछ्याइएर ३५ किलोमिटर दुरीबाट बिजुली माडी पुर्याईएको हो । तर बिद्युत पुगेको यतिका समय भैसक्दा समेत अहिले सम्म ७० प्रतिशत भूभागमा मात्र बिजुली पुगेको माडी नगरपालिकाका सूचना अधिकारि प्रविन भण्डारीले जानकारी दिनुभयो ।यो बर्ष भित्र बाकि रहेको ३० प्रतिशत भूभागमा समेत बिद्युत पुर्याउने लक्ष्य राखिएको उहाले बताउनुभयो ।
यो बर्ष भित्र माडीबासीको घर घरमा बिजुली पुर्याउन माडी नगरपालिकाले ३५ लाख छुट्टाएको बताउदै उहाले बिद्युत प्राधिकरण माडीले पनि आवश्यक पोल झारेर बाकि रहेका क्षेत्रमा बिद्युत बिस्तारको काम गरिरहेको बताउनुभयो ।माडीमा पटक पटक बिद्युत अबरुद्द भएको भन्ने खबर सहि भएपनि बिद्युत विस्तार संगै बर्षाको समय भएको कारण यस्तो समस्या उत्पन्न भएको भण्डारीले बताउनुभयो ।