play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

देशवासीको नाममा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने 

0

एजेन्सी, साउन २३ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार आज देशवासीको नाममा संवोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री मोदीले जम्मू कश्मीरलाई भारतीय संविधानको अनुच्छेद ३७० बाट प्राप्त विशेषाधिकार हटाएपछि पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री मोदीले संविधानको अनुच्छेद ३७० हटाउने र पुनर्गठन बिलबारे सरकारको धारणा राख्ने सम्भावना रहेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस क्रममा प्रधानमन्त्री मोदीले जम्मू कश्मीरको विषयमा केही घोषणा गर्नसक्ने सम्भावनासमेत रहेको छ । दिउँसो ४ बजे मोदीले सम्बोधन गर्न कार्यक्रम रहेको छ ।

मंगलबार भारतीय संसदले जम्मू–कश्मीरलाई संविधानको धारा ३७० बाट प्राप्त विशेषधिकारलाई हटाएको थियो ।

साथै जम्मू कश्मीर तथा लद्दाखको रुपमा बाँड्ने विधेयकलाई पनि अनुमति दिएको थियो ।

यस भन्दा पहिला प्रधानमन्त्री मोदीले सात अगस्टमा देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको भएपनि पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधनपछि उक्त कार्यक्रमलाई स्थगित गरिएको थियो ।

Share.

Leave A Reply