महाकालीमा पानीको बहाव उच्च, सचेत रहन आग्रह

0

कञ्चनपुर, साउन २३ गते । महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढेपछि नेपाल–भारत आवतजावत गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारीसाधान सञ्चालनमा रोक लगाएको छ ।

गएरातिदेखि वर्षा हुँदा महाकालीमा पानीको बहाव बढेको हो । बहाव बडेपछि विहीबार बिहानैदेखि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पानीको बहाव बढ्दै गएको छ ।

गएरातिको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख २० हजार आठ सय क्युसेक पुगेको थियो । सवारीसाधन सञ्चालनमा रोक लगाएपछि यात्रु अलपत्र परेका छन् ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा वर्षा अत्यधिक हुँदा नदीमा पानीको बहाव बढ्दै गएको हो । पानीको बहाव नरोकिएका कारण स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ ।

Share.

Leave A Reply