play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

निर्देशिकाको बिवादले कांग्रेस बैठक स्थागित

0

काठमाण्डौं, साउन २२ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सानेपामा बुधबार २ बजे बस्ने भनिएको बैठक २६ साउनसम्म स्थगित भएको छ ।  पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सभापति शेरबहादुर देउवाको निर्देशनमा बुधबार बोलाएको बैठक स्थगित गरेको जनाएका छन् । २२ असारदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकमा १४ वटा एजेण्डा प्रस्तुत गरिएको थियो ।

पार्टीको १७ साउनमा बसेको बैठकले पार्टी विधानको दफा ७२ बमोजिम पार्टीको अन्तरिम संरचना निर्माण गर्न आवश्यक पर्ने निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय भएको थियो । निर्देशिका बनाउने जिम्मेवारी पाएका नेताहरुबीच सहमति जुट्न सकेको छैन । पार्टीले अन्तरिम संरचना निर्माण सम्वन्धी निर्देशिका निर्माणको जिम्मेवारी पार्टीले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सहमहामन्त्री डा। महत र केन्द्रीय सदस्य डा। मिनेन्द्रप्रसाद रिजाललाई दिइएको छ । निर्देशिका तयार भए पछि मात्र कांग्रेसले नयाँ ६ वटा सांगठनिक तहमा अन्तरिम संरचना बनाउनु पर्ने देखिएको छ । पार्टीले आगामी पुस मसान्त भित्रमा अन्तरिम संरचना निर्माण गरिसक्ने निर्णय गरेको थियो ।  कांग्रेसले पुस मसान्त भित्र क्रियाशील सदस्यको नामावली अद्यावधिक गरिसकेपछि १४औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने निर्णय गरेको छ ।

Share.

Leave A Reply