play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

इन्टरनेट प्रयदायक कम्पनी सुविसु कार्यालयमा लागेको आगलागी नियन्त्रणमा

0

साउन २२ ।
इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा बुधबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ ।

बालुवाटारस्थित सुविसुको मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो पौने १ बजे आगलागी भएको थियो ।


महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु भएको थियो ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरे पनि पेट्रोलबाट लागेको आगो पानी हालेर निभाउन कठिन भएको थियो ।

त्यसपछि त्रिभुवन विमानस्थलबाट दमकल बोलाइएको डीएसपी बोगटीले बताए । आगलागी साढे २ बजे नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा नआउँदासम्म बालुवाटार क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइए पनि अहिले सञ्चालन भएको छ ।

आगलागीपछि सुविसुको सेवा अवरुद्ध भएको छ ।

Share.

Leave A Reply