play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको मुख्य भवनमा आगलागी

0

साउन २२ ।
काठमाण्डौको बालुवाटारस्थित एक घरमा भीषण आगलागी भएको छ । चिनियाँ राजदूताव अगाडितर्फ रहेको भवनमा आगलागी भएको हो । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको जानकारी महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो । भीषण आगलागी भएको सुबिसु केबल नेटवर्कको मुख्य कार्यालयमा कम्तीमा २०० कर्मचारी कार्यरत रहेको अनुमान गरिएको छ । यो भवनमा स्याटेलाइट कक्ष र जेनेरेटरसहितका उपकरणहरू रहेका छन । आगलागी भएको स्थानबाट नेपाल राष्ट्र बैंक र प्रधानमन्त्रीको सरकारी निवाससहितका अन्य कार्यालय पनि रहेका छन् । आगलागी भएपछि त्यहाँ प्रहरीको टोली पुगिसकेको छ । आगो निभाउन, काठमाडौँ र ललितपुरसहितका दमकल पुग्दैछन् । आगो मध्यान्ह १२ बजेर ४० मिनेटदेखि सुरु भएको हो ।

Share.

Leave A Reply