पूर्वी चितवनको पिप्लेमा दुई मोटरसाईकल एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु, १ घाईते

0

चितवन, साउन, २२ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको राप्ति नगरपालिका वडा न २ पिप्लेमा आज बिहान ११ बजे दुई मोटरसाईकल एक आपसमा ठक्कर खादा १ जनाको ज्यान गएको भने एकजना घाईते भएकाछन् । मृत्यु हुनेमा ना ४० प १५८३ नम्बरको मोटरसाईकल चालक राप्ति नगरपालीका वडा न १ का २१ बर्षीय संजेल कंडेल रहेका छन् । उनको उपचारको क्रममा पुरानो मेडीकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ना ३४ प ७१६८ नम्बरका अर्का घाईते मोटरसाईकल चालक शिव नारायण चौधरीको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ ।

Share.

Leave A Reply