play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

चितवनमा नगद १६ हजार सहित पाँच जुवाडे पक्राउ

0

चितवन साउन २१ ।
चितवनमा नगदसहिद पाँच जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–८ स्थित पूर्णबहादुर लामाको घरबाट तास खेलिरहेको अवस्थामा रु १६ हजार ८२५ नगद र एक बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पूर्णबहादुर लामाको घरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रनाउ कोइरालाले जानकारी दिए । रासस

Share.

Leave A Reply