play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

चितवनका पत्रकार शालिकराम पुडासैनीको निधन

0

चितवन, साउन,२१ ।
पत्रकार शालिकराम पुडासैनीको निधन भएको छ । माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनीको गएराति चितवनको पोखरा बसपार्कमा रहेको कंगारु होटेलमा गएराति निधन भएको हो ।

दिउँसो ३ बजे होटेल प्रवेश गरेका पुडासैनी राति ८ बजेसम्म बाहिर ननिक्लएपछि होटेल प्रशासनले प्रहरी बोलाएर कोठा खोल्दा उनी मृत भेटिएका थिए ।

माउन्टेन टेलिभिजन स्रोतका अनुसार उनी दुई तीन दिन तराईको रिर्पोटिङ गरेर फर्कने भन्दै काठमाडौंबाट चितवन गएका थिए । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए ।

उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए। यसअघि उनले न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply