play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

मकवानपुरमा १४ किलो गाजासहित तीन जना भरिया पक्राउ

0

मकवानपुर, साउन २० ।
मकवानपुर प्रहरीले १४ किलो ९ सय ग्राम गाजासहित तीन जना भरियालाई पक्राउ गरेको छ । अटोको यात्रु बस्ने सिट र छत काटेर प्लाष्टिकको पोका बनाइ लुकाएर गाजा ओसारपसार गर्ने चालक र अन्य दुई कारोबारीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका–८ देवकोटका १९ वर्षीय जीवन मोक्तान, अटोमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–१० रानीघाटका २४ वर्षीय राजेश पटेल र १९ वर्षीय मुन्ना अन्सारी रहेका छन् । हेटौंडा–११ थानार्भयाङमा चेकजाँचका क्रममा मनहरिबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ह ९७४६ नम्बरको अटोबाट १४ किलो ९०० ग्राम गाँजा बरामद भएको थियो । प्रहरी निरीक्षक पवनकुमार झाको टोलीले जाँच गर्दा अटोको सिट काटेर त्यसमा गाजाको प्याकेट राखेको र छतमा समेत पोका बनाइ लुकाएर ६ वटा पोकामा गाजा लुकाएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । यस्तै, प्रहरीले वैशाख ६ गते भारतीय कारमा बरामद गरेको ४८ किलो ८०० ग्राम गाजाका मुख्य अभियुक्त भारत बिहान पटनाका ३४ वर्षीय प्रवल अग्निबेशलाई पनि नारायणगढको पुलचोकबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।

Share.

Leave A Reply