play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

पर्यटनमन्त्री भट्टराईले आज देखि भेटेर शुभकामना नलिने

0

साउन,२० ।
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आज देखि भेटेर शुभकामना नलिने बताउनुभएको छ । आज एक विज्ञप्ति निकालेर मन्त्री भट्टराईले समर्थकहरुसँग भेटेर शुभकामना लिँदा मन्त्रालयको कामकाजमा असर परेको भन्दै भेटेर शुभकामना लिन असमर्थ रहेको जानकारी गराउनुभएको छ । उहाँले आफ्ना समर्थक र नागरिकको विश्वास टुट्न नदिने र सल्लाह सुझाव लिएर अघि बढ्ने बताउनुभएको छ । साथै शुभकामना र बधाइ लिने क्रममा सार्वजनिक भएका केही तस्बिरको बारेमा अन्यथा नबुझ्न पनि मन्त्री भट्टराईले आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply