play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

वेस्ट ईन्डिजविरुद्वको टी–२० सिरिज भारतलाई

0

साउन, २० ।
वेस्ट ईन्डिजविरुद्वको टी–२० सिरिज भारतले जितेको छ । फ्लोरिडामा भएको दोस्रो खेलमा वेस्ट ईन्डिजलाई २२ रनले हराउँदै भारतले सिरिज जितेको हो । अमेरिका भ्रमणमा रहेको भारतले तीन म्याचको टी २० सिरिजमा २–० को अग्रता समेत लिएको छ । योसंगै भारतले लगातार वेस्ट ईन्डिजविरुद्व दोस्रो सिरिज जित्न पनि सफल रह्यो । पछिल्लो पटक सन् २०१८ मा घरेलु मैदानमा भारतले वेस्ट ईन्डिजलाई ३–० ले हराएको थियो । भारतले ८ बर्षपछि विदेशमा वेस्ट ईन्डिजविरुद्व सिरिज जित्न सफल भएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको भारतीय टिमले ५ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । ओपनर रोहित शर्माको ६७ रनको मदलते भारतले सो स्कोर खडा गरेको थियो । शिखर धवनले २३ तथा विराट कोहलीले २८ रन बनाएका थिए । ऋषभ पन्त ४ तथा मनिष पाण्डे ६ रनमा पोविलियन फर्किदा कुर्नाल पाण्डेया २० तथा रबिन्द्र जडेजा ९ रनमा नटआउट रहे । जवाफी ब्याटिङमा उत्रिएको वेस्ट ईन्डिजले १५ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो । त्यसपछि बर्षाले खेल प्रभावित बनेको थियो । डकवर्थ लुईसको आधारमा भारतले खेल २२ रनले जितेको घोषणा गरिएको थियो । भारत र वेस्ट ईन्डिजले भोली तेस्रो तथा अन्तिम टी–२० खेल्नेछ ।

Share.

Leave A Reply