play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

देशभरको मौसम आशिंकदेखि सामान्य बदली,हल्कादेखि मध्यम वर्षा हुने

0

साउन,१९ ।
आज देशभरको मौसम आशिंकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरिरहेकाले आज साँझदेखि मनसुनी गतिविधि सक्रिय हुने महाशाखाले जनाएको छ । यसैको प्रभावले केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । महाशाखाका अनुसार अहिले देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । पहाडी भेगको केही ठाउँमा हल्का पानी परिरहेको छ । यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम किसिमको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । भोली पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने र राति पश्चिमको केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।

Share.

Leave A Reply