play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

नेपालका फास्ट बलर सोमपाल पहिलो पटक विदेश फ्रेन्चाईज क्रिकेटमा डेब्यु

0

साउन, १९ ।
नेपालका फास्ट बलर सोमपाल कामीले पहिलो पटक विदेश फ्रेन्चाईज क्रिकेटमा डेब्यु गरेका छन् । क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेटमा सोमपालले विनिपेग होक्सबाट डेब्यु गरेका हुन् । एडमोन्टन रोयल्सविरुद्व नेपाली राष्ट्रिय टिमका ओपनर बलर रहेका सोमपालले डेब्यु खेलमा ब्याटिङ र बलिङ गर्ने अवसर पाएका थिए । तर उनी पहिलो खेलमा खासै प्रभाव जमाउन सकेनन् । उनी होक्सबाट आठौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । जसमा उनले ५ बल खेल्दै १ रनमात्र बनाउन सके । यस्तै दुई ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएर विकेट विहिन रहे । तर रोयल्सविरुद्वको खेल होक्सले ८ विकेटले हार्न पुग्यो । सुरुवाती ब्याटिङ गरेको होक्सले निर्धा्रित ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

Share.

Leave A Reply