जंगली जनावर धपाउन हानेको गोली लागेर डोटीमा एक युवकको मृत्यु

0

साउन,१९ ।
डोटीमा गोली लागेर एक जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका – ५ तल्लो डाडावनमा जनावर धपाउन हानेको गोली लागेर एक जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता लालबहादुर धामीले दिनुभएको जानकारी अनुसार आदर्श गाउँपालिका– ५ का ५० वर्षीय जंगे भुलले हानेको गोली लागेर यही ठाउँका १९ वर्षीय तपेश लुहारको ज्यान गएको हो । गए राति करिब पौने ११ बजेको समयमा सलामी डाडावनमा आएका जंगली जनावर धपाउन जंगे भुलले प्रहार गरेको भरुवा बन्दुकको गोली तपेश लुहारको टाउकोमा लागेको थियो ।

Share.

Leave A Reply