भरतपुर ५ का तिवारी दम्पतीे समाजसेवामा व्यस्त

0

चितवन, साउन १८ गते । खेमलाल शोभा देवी तिवारी प्रतिष्ठान चितवनले शैक्षिक क्षेत्रमा अहिलेसम्म ९ लाख ८६ हजार रुपैयाँ सहयोग गरेको सार्वजनिक गरेको छ । शिक्षाको क्षेत्रमा सामाजिक काम गर्दै आउनु भएका खेमलाल तिवारीले प्रतिष्ठान स्थापना गरी सहयोगको विषयमा आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु भयो ।
भरतपुर महानगरपालिका वडा नंं ५ आनन्दपुरमा घर भएका तिवारीले आफूले पढ्न नपाएपनि अध्ययन गर्न चाहने व्यक्ति सस्थाहरुलाई सहयोग गर्दै आउनु भएको थियो । २०५५ सालदेखि शिक्षाको क्षेत्रमा छात्रवृति, विद्यालय भवन, खानेपानी, शैक्षिक सामग्री वितरणलगायत विभिन्न काम विषयमा औपचारिक रुपमा अहिले जानकारी दिएको प्रतिष्ठानका अध्यक्ष दामोदर कुइकेलले बताउनु भयो ।
प्रतिष्ठानले चितवन सहित अन्य जिल्लामा गरी १७ वटा विद्यालयमा ७ साल ५० हजार रुपियाँको छात्रवृत्तिको लागि अक्षयकोष स्थापना गरेको अध्यक्ष कुइकेलले जानकारी दिनु भयो । शैक्षिक क्षेत्रमा ६१ हजार तीनसय रुपैया नगद सहयोग गरेको, भरतपुर महानगरपालिका भित्रका ६८ वटा विद्यालयमा १ लाख २४ हजार आठसय रुपैयाँको शैक्षिक सामग्री वितरण गरेको जानकारी दिइएको छ । त्यस्तै गरी अपाङग, सडक बालबालिका तथा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप ५० हजार सहयोग गरेको सार्वजनिक गरेको छ ।
कार्यक्रममा शैक्षिक तथा सामाजिक क्षेत्रमा व्यक्तिगत रुपमा सहयोग गरी समाज सुधारमा राम्रो कामको प्रदेश नंं ३ का सांसद कृष्णप्रसाद भुर्तेलले बताउनु भयो । आफू निरक्षर भएरपनि पढ्न नसक्ने अवस्थाका व्यक्तिलाई शिक्षाको ज्योति दिन अभियान चलाउनेहरुबाट सिक्नु पर्ने बताउनु भयो । भरतपुर महानगरपालिका वडा नंं ५ का अध्यक्ष पदमपाणि सुवेदीले उहाँको सक्रियताले स्थानीय सरकारलाई काम गर्न अझ हौसला मिलेको बताउनु भयो । राज्यले गर्नु पर्ने काम व्यक्तिले गरेको भन्दै आउदा दिनमा रचनात्मक कामको आशा समेत गर्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मुना श्रेष्ठ, वडा नंं ४ का अध्यक्ष हरि आचार्य,जिल्ला विकास समितिका पूर्व सभापति विष्णु घिमिरे, समाजसेवी मुक्तिनाथ अधिकारी, भक्तिप्रसाद तिमल्सिना, रविलाल भट्टराइ, भरतपुर महानगरपालिकाका शिक्षा महाशाखाका बाबुराम दवाडीलगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply