play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रोल्पामा ट्राफिक नियम उलङ्घन गर्नेको सङख्या घट्दै

0

रोल्पा, साउन १८ गते । ट्राफिक सचेतना अभिवृद्धिका कारण रोल्पामा ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्दै गएको देखिएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार आर्थिक वर्ष ०७५र०७६ मा ट्राफिक नियम उलङ्घन गरी कारवाही पर्ने सवारीसाधनको सङ्ख्या दुई हजार ८३४ रहेको थियो । यो सङ्ख्या आव ०७४र०७५ को तुलनामा ७२४ ले कम हो । आव ०७४र०७५ मा यो सङ्ख्या तीन हजार ५५८ रहेको थियो ।  ट्राफिक नियम उलङ्घन गरेर कारवाहीमा पर्ने सवारीसाधनबाट आव ०७५र०७६ मा रु १५ लाख ३३ हजार ५०० राजश्व सङ्कलन भएको छ । आव ०७४र०७५ मा भने त्यसरी उठेको राजश्व रु १८ लाख ८२ हजार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका इञ्चार्ज अम्बर थापाले जानकारी दिए। जिल्लामा खुल्दै गरेका नयाँ सडक र बजार विस्तारसँगै सवारीसाधनको सङ्ख्यामा समेत वृद्धि भए पनि ट्राफिक प्रहरी जनशक्ति भने निकै कम रहेको छ । जिल्लाभरको लागि १० जना ट्राफिक प्रहरीले काम गरिरहेका छन् । थोरै जनशक्तिको भरमा काम गर्नुपर्ने बाध्यता रहेको इञ्चार्ज थापाको भनाइ छ ।

Share.

Leave A Reply