play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध

0

साउन, १८ ।
अर्जे्न्टिनाका फुटबल क्याप्टेन लियोनल मेस्सीलाई अन्तर्रा्ष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागेको छ । दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई अन्तर्रा्ष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्ध लगाएको हो । कोपा अमेरिकी फुटबलमा भ्रष्टाचार रहेको आरोप लगाएपछि मेस्सीलाई अन्तर्रा्ष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाइएको हो । ३२ बर्षका अर्जे्न्टिनी फरवार्डले तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भीर आरोप लगाएका थिए । महासंघले गरेको निर्णयविरुद्ध मेसीलाई पुनरावलोकनका लागि ७ दिनको समय दिइएको छ । प्रतिबन्धसँगै मेसीले आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल गुमाउने छन् ।

Share.

Leave A Reply