play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

कंगोमा ५० प्रतिशत इबोला संक्रमित पहुँच बाहिर

0

साउन, १८ ।
प्रजातान्त्रिक गणतन्त्र कंगोमा हाल इबोलाको महामारी फैलिएको छ । हालसम्म इबोलाका ५० प्रतिशत संक्रमण मात्रै पहिचान भएको इबोलाविरुद्धको अभियानमा समन्वय गरिरहेको सरकारी टोलीले बताएको छ । हाल फैलिएको महामारी अन्त्य हुनका लागि तीन वर्षसम्म लाग्ने समन्वय समितिका जोँ ज्याक्स मुएम्बीले चेतावनी दिएका छन् । रुवाण्डासँग सीमा जोडिएको गोमा शहरमा पनि इबोलाको संक्रमण फैलिएपछि चिन्ता थपिएको छ । यो हप्ता इबोलाका कारण निधन भएका गोमाका एक व्यक्तिका १० सन्तान रहेको र अरु धेरै व्यक्तिमा पनि संक्रमण फैलिएको उनले बताएका छन् । इबोला संक्रमणका कारण १८ सय भन्दा बढीको ज्यान गइसकेको छ । कम्तिमा २७ सय जना इबोलाबाट संक्रमित भएको जनाइएको छ । कंगोको इतिहासमा यो हालसम्मकै भयानक इबोला संक्रमण हो । कंगोमा जारी हिंसाका कारण इबोलाविरुद्धको अभियानमा समस्या आएको छ । यो हप्ताको सुरुमा रुवाण्डाले संक्रमण फैलिन सक्ने भयमा कंगोसँगको सीमा क्षेत्र आंशिक रुपमा बन्द गरेको छ ।

Share.

Leave A Reply