साउन,१८ ।
विभिन्न कारणले रिक्त हुन आएका पालिका, प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि आउँदो मंसिर १४ गते शनिबार उपचुनावको घोषणा भएको छ । ३७ जिल्लामा विभिन्न ५० पदमा उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरप्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र विभिन्न जिल्लाका स्थानीय तहमा गरी ४१ वडा अध्यक्षसहित सहित ५० पदमा पदका लागि उपचुनाव हुने छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आयोगले तयारी गरिसकेको र केही दिनभित्रै चुनावको विस्तृत कार्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो । गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वा्चित रवीन्द्र अधिकारको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि त्यो पद रिक्त छ । यस्तै, प्रदेश सभाका सदस्यहरु प्रदेश ३ का भक्तपुरका लामिछाने, गण्डकी प्रदेश वाग्लुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको निधनपछि रिक्त स्थानमा उपचुनाव हुन लागेको हो ।
३७ जिल्लामा रिक्त ५० पदका लागि आउँदो मंसिर १४ मा उपनिर्वाचन
३७ जिल्लामा रिक्त ५० पदका लागि आउँदो मंसिर १४ मा उपनिर्वाचन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु