चितवन,साउन, १८ ।
कोरियामा रहेका माडीबसीहरुको आर्थिक सहयोग मा चितवन सम्पर्क समिति द कोरियाले माडीको आधारभूत बिधालय सिमारामा शैक्षिक सामाग्री बितरण गरेको छ्। बिधालयमा बिधार्थिहरुको लागी अध्ययन अध्यापन गराउन शैक्षिक सामाग्री नरहेको र पढाउन गार्हो परिरहेको गुनासो आए पछि सो स्कुलमा एक कार्यक्रम गरि सामाग्री बितरण गरिएको हो । उक्त बितरण कार्यक्रम मा माडी नगरपालिका ३ का वडा अध्यक्ष पुरण महतो , समितिका सल्लाहकार सुर्य बिबस पनेरु , माडीका युवा नेता रामेस्वर महतो , समिति पुर्व सचिब सुलभ बन्धु पोखरेल , पुर्व सदस्य बासु महतो सहित कोरियाका प्रतिबिधि घनश्याम महतो , एकवाल साह लगाएर बिधालय ब्यबस्थापन समिति साथै बिधार्थि र अबिभाबक हरुको उपस्थिति रहेको थियो।
चितवन सम्पर्क समितिले शैक्षिक सामाग्रीको रुपमा कपि, पेन्सिल, पेन्सिल कलर , ज्यामिति बक्स, बलहरु, चेस , लुडो सेट , चार्टहरु , कटर , मेटास , ड्रैङ कपि सहितको सामाग्री सेट २३ जना बिधार्थि लाई बितरण गरेको हो । सो कार्यक्रम मा वडा अध्यक्ष पुरण महतो ले चितवन समिति कोरियालाई धेरै धेरै धन्यवाद दिदै सहयोग प्राप्त सामग्री सहि सदुपयोग गरेर अध्ययन गर्नु पर्नेमा जोड दिदै स्कुलको आवस्यकिय अवस्थालाई पुरा गर्दै स्कुललाइ राम्रो बनाउन अबिभावक र समुदाय लाग्नु पर्ने कुरा बताउनु भयो। तेस्तै समितिको तर्फबाट पुर्व सचिब सुलभ बन्धु पोखरेलले समितिले चितवन लगाएर माडीमा हाल सम्म गरेका कामको जानकारी गराउदै भाईबहिनि हरुको उज्वल भबिस्यको कामना गर्नु भएको थियो। स्कुल ब्यबस्थापन समिति अध्यक्ष महादेब महतोको अध्यक्षतामा सन्चालित कार्यक्रम मा प्रधानाध्यापक समिक्षा शर्माले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सोमनाथ ओझाले गर्नु भएको थियो।