play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

प्रोफेसनल पब्लिक स्पिकिङ्गको उपाधि न्यौपानेलाई, पब्लिक स्पिकिङ्गको दोस्रो संस्करण पनि हुने

0

साउन १७, विद्यार्थीहरुको बोल्ने कला विकासको लागि चितवनको पहिलो रेडियो सिनर्जी एफ.एमले आयोजना गरेको प्रोफेसनल पब्लिक स्पिकिङ्ग–२०१९ को उपाधि प्रकृति न्यौपानेले जितेकी छिन् । बालकुमारी कलेजमा अध्यनरत न्यौपाने प्रतियोगीताको प्रथम हुदै नगद रु १ लाख सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरिन । यस्तै एकता शिशु निकेतनका आशिष वन्जारा दोस्रो हुदै नगद पचास हजार र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत अनुज्ञा भट्टराईले तेस्रो हुदै नगद पच्चीस हजार सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।
सिनर्जी एफ.एमले माघ पहिलो हप्ता देखि चितवन र नवलपुरका ९० बढि स्कुल कलेज सहभागी गराउदै विभिन्न २४ ठाउँमा प्रतियोगीताको अडिसन गरेको थियो । अडिसनमा ५१० विद्यार्थी सहभागी थिए । विभिन्न छनोट चरण बाट एफएमले ९ जना विद्यार्थी हरु विच अन्तीमप्रतिस्पर्धा शुक्रवार नारायणी कला मन्दिरको हलमा सम्पन्न गरेको थियो । सिनर्जी एफएमका प्रवन्द्ध निर्देशक सहन प्रधानका अनुसार एफएमले प्रखर वक्ताको खोेजी गर्ने उद्धेश्यले सामाजीक उत्तर दायित्व बहन गर्दै प्रोफेसनल पब्लिक स्पिकिङ्ग–२०१९ को आयोजना गरेको जानकारी दिनुभयो । कार्यक्रमले विद्यार्थीको प्रतिभामा निखारता ल्याउनुका साथै आफ्ना प्रस्तुतिमा अझ आत्मविश्वासको स्तर वृद्धि गरेको उहाँको विश्वास छ । सिनर्जी एफ.एमका स्टेशन म्यानेजर रामकान्त पौडेलले विद्यार्थी, अभिभावक र शिक्षक बाट कार्यक्रमका बारेमा सकारात्म प्रतिक्रिया आएको भन्दै यसको दोस्रो संस्करण पनि छिटै सुरु गरिने बताउनु भयो ।


कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद विजय सुवेदीले कार्यक्रमको प्रशंसा गर्दै व्यवसायीक रेडियो भएर पनि एफएम सामाजीक उत्तरदायीत्व प्रति सचेत र सक्रिय रहेकोमा प्रशंसा समेत गनु भएको थियो । यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने समेत बताउनु भयो ।

कार्यक्रममा विद्यार्थीको हौसला बढाउनको लागि माडि नगरपालिका का नगर प्रमुख ठाकुर प्रसाद ढकालको समेत उपस्थिती रहेको थियो । कार्यक्रममाका उपाधिको लागिे जनजीवन माध्यामीक विद्यालय माडिकी सोनु अधिकारी, विजय विकास सामुदायिक विद्यालय गौडाकोटकी साहारा सापकोटा, ग्लोसाइन एकेडेमी रत्ननगरका पुस्तक पौडेल, बालकुमारी कलेज नारायणगढकी प्रकृति न्यौपाने, एकता शिशु निकेतनका आशिष वन्जारा, कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुज्ञा भट्टराई , पल्लबी श्रेष्ठ र सन राईज इङ्गलीस स्कुलकी खुस्बु भण्डारी र श्रेया सुवेदी सहित ९ जना विद्यार्थीहरु विच उपाधिका लागि अन्तीम प्रतिस्पधा भएको थियो ।कार्यक्रममा प्रोफेशनल एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजन, हानामी इन्ट्रनेश्नल एजुकेसनको प्रायोजन र बेङ्गलोर टेक्नोलोजिकल इन्स्च्यिुट, जेन इन्टरनेश्नल प्राईभेट लिमिटेडको सह–प्रायोजनमा रहेको थियो । प्रतियोगिताको एसएसएस साउण्ड सिस्टम आधिकारीक साउण्ड, देवः विकास बैक आधिकारीक बैङ्गक रहेका थिए भने अफिसियल टेलिभिजन आभाष टेलिभिजन, अफिसियल अनलाईन नारायणी अनलाईन र भिन्दै कुरा डट कम रहेका थिए । वि.स. २०५८ साल कार्तिक २६ गते स्थापना भएको सिनर्जी एफएमले विभिन्न अवसरमा स्थानीय र श्रोतामुखी कार्यक्रमहरू गर्दै आएको छ ।

Share.

Leave A Reply