play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

रोहित सहित ५ सिनियर खेलाडी सागको बन्द प्रशिक्षणमा

0

साउन १७ ।
अखिल नेपाल फुटबल संघ एन्फाले रोहित चन्द सहित ५ सिनियर खेलाडीलाई सागको बन्द प्रशिक्षणमा समावेश गर्ने भएको छ । उमेर समुहको खेलाडी सहभागी हुने सागमा बढीमा तीन जना सिनियर खेलाडी राख्न पाउने प्रावधान छ । सोही अनुसार एन्फाले रोहित सहित पाँच खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ । २३ बर्ष माथिको सिनियर खेलाडीमा राहित सहित बिक्रम लामा, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ रहेका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपालक महर्जनले आवश्यकताका आधारमा अन्तिममा तीन सिनियर खेलाडी छनोट गरिने बताए । एन्फाले सागको पुरुष फुटबलको जिम्मेवारी महर्जनलाई दिएको छ । नेपालको राष्ट्रिय टिम विश्वकप छनोटमा व्यस्त हुने भएकाले उमेर समुहको टोलीको जिम्मेवारी महर्जनले पाएका हुन् । नेपाल साग फुटबलको साविक विजेता समेत हो । १२ औ दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको थियो ।

Share.

Leave A Reply