play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

कालिका नगरपालिकाको वडा नम्बर ३ को कार्यालयमा आगजनी

0

चितवन,साउन १७ ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज विहान ३ बजे अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगजनीबाट कार्यालय भित्र रहेको कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टर लगायतका महत्वपूर्ण सामाग्री जलेर नष्ट भएको छ । कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष टिकाराम रिजालले जानकारी दिए । प्रहरी र स्थानियको सहयोगमा साढे ३ बजे आगो नियन्त्रणमा ल्याइएको थियो । आगजनी कसले गरेको भन्नेबारे केहि नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply