play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकार कार्यान्वयनका लागि दवावमूलक आन्दोलनमा जाने

0

साउन १६ ।
नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिको आज बसेको बैठकले श्रमजीवी पत्रकार ऐन–२०५१ कार्यान्वयनका लागि महासंघ दवावमूलक आन्दोलनमा जाने निर्णय गरेको छ । समितिका संयोजक रामप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, महासंघका उपत्यका प्रदेश समितिका अध्यक्ष एनके दाहाल, एसोसिएट प्रदेश समितिका अध्यक्ष केपी ढुंगाना, प्रतिष्ठान प्रदेश समिति अध्यक्ष शेखर अधिकारीलगायत सहभागी बैठकले सञ्चारगृहहरूले तोकिएको अवधिमा आव २०७६÷०७७ को दरबन्दी र श्रमजीवी विवरण सूचना तथा प्रसारण विभागमा नबुझाइएको सन्दर्भमा न्यूनतम पारिश्रमिक कार्यान्वयन र प्रेस पास नवीकरणमा देखिएको जटिलताको समाधान खोज्न विभागसँग दरबन्दी विवरण बुझाएका र नबुझाएका सञ्चार गृहहरूको नाम सार्वजनिक गर्न दबाब दिने निर्णय गरेको हो । ’सञ्चार गृहहरुले तोकिएको अवधिमा आव २०७६÷०७७ को दरबन्दी र श्रमजीवी विवरण सूचना तथा प्रसारण विभागमा नबुझाइएको सन्दर्भमा न्यूनतम पारिश्रमिक कार्यान्वयन र प्रेस पास नवीकरणमा देखिएको जटिलताको समाधान खोज्न विभागसँग दरबन्दी विवरण बुझाएका र नबुझाएका सञ्चार गृहहरुको नाम सार्वजनिक गर्न दबाब दिने । र, नबुझाएका सञ्चार गृहलाई कानुनी रुपमा विवरण बुझाउन बाध्य पार्न दबाब सृजना गर्ने’ महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Share.

Leave A Reply