साउन १६ ।
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफूले काम गर्न नसकेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महुसस भए आफैँ मन्त्री पद त्याग्न बताएका छ्न । मदननगर बल्खुस्थित तत्कालीन नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरमा पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरिसकेपछि मन्त्री भट्टराईले आफ्नो वास्तविक परीक्षा सुरु भएको बताउँदै यसमा खरो उत्रिने प्रतिवद्धता गरे आफूलाई प्रधानमन्त्रीले विश्वास गरेर यो पद दिएको बताउँदै भट्टराईले जनताबाट पाएको बधाई आफ्ना लागि सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गरे ।
मन्त्री योगेश भन्छन् -आफूले काम गर्न नसकेको कुरा प्रधानमन्त्रीलाई महुसस भए आफैँ मन्त्री पद त्याग गर्छुँ
0
Share.