टोटेनहमलाई औडी कपको उपाधि

0

साउन,१६ ।
प्रिमियर लिग क्लब टोटेनहमले औडी कपको उपाधि उचालेको छ । गए राति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखलाई सडनडेथमा पराजित गर्दै टोटेनहमले उपाधि उचालेको हो । निर्धा्रित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । १९ औ मिनेटमा ईरिक लामेलाको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । ५९ औ मिनेटमा क्रिस्टियन एरिक्सनले टोटेनहमको अग्रता दोब्बर पारे । ६१ औ मिनेटमा जान फिएद अर्पले गोल गर्दै बार्यनलाई खेलमा फर्काउने कोशिश गरे । ८१ औ मिनेटमा अल्फान्सो डेविसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । सडनडेथको खेलमा जेरोम बोटेङ्गले उत्कृष्ट बचाउ गर्दै बार्यनलाई निराश बनाउदै प्रि–सिजन टूरमा टोटेनहमलाई पहिलो उपाधि जिताउन सफल रहे ।

Share.

Leave A Reply