play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

इरानका विदेश मन्त्री मोहम्मदमाथि अमेरिकाद्धारा प्रतिबन्ध

0

साउन, १६ ।
अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ द ट्रेजरीले जाफरीमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध अनुसार अमेरिकामा रहेको या अमेरिकी संस्थाको नियन्त्रणमा रहेको जाफरीको सबै सम्पत्ति फ्रिज हुनेछ । जाफरीले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका गलत एजेण्डाहरु लागु गरेकाले उनीमाथि प्रतिबन्ध लगइएको अमेरिकाका ट्रेजरी (राज्य कोष) मन्त्री स्टिभन मनुचनले बताएका छन् । अमेरिकाले प्रतिबन्ध लगाउनुको कारण आफ्ना एजेण्ड उसका (अमेरिका) लागि खतरा ठान्नु रहेको इरानका विदेश मन्त्री जाफरीले ट्वीटमा उल्लेख गरेका छन् । उनले प्रतिबन्धका लागि अमेरिकालाई धन्यबाद दिएका छन् । आफ्ना एजेण्डा उसले खतरा ठान्नु आफूहरुको सफलता रहेको उनले उल्लेख गरेका छन् । इरान र अमेरिकाबिच पछिल्लो समय तनाव तीव्र भएको छ ।

Share.

Leave A Reply