अज्ञात समुहद्धारा देशभरका विभिन्न स्थानका एनसेलको टावरमा आगजनी

0

साउन, १६ ।
नवलपुरको कावासोती १० मगरकोटमा रहेको एनसेलको टावरमा गए राति अज्ञात समुहले आगजनी गरेको छ । आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । टावरमा लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ । यस्तै म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको बन्चरेढुङ्गामा रहेको एनसेलको टावरमा पनि गए राती अज्ञात समूहले आक्रमण गरी क्षति र्पुयाएको छ । टावर रहेको ठाउँमा राखिएको जेनेरेटर, व्याटिवक्स लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । घटनाको जिम्मेवारी कसैले पनि नलिएको बताइएको छ ।

यस्तै, अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका– ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ । गए राति बेलुका ८ बजे परिचय नखुलेको समूहले आगोजनी गरेको प्रहरी चौकी पालिले जनाएको छ । आगलागीबाट टावरमा सामान्य क्षति भएको प्रहरीको भनाइ छ । यसैबिच, धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ जालीमा रहेको एनसेल टावरमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । अगाजनीबाट एनसेलको नेटवर्क सञ्चलानका लागि बिजुली आपूर्ति गर्न राखिएका ब्याट्रीमा क्षति पुगेको छ । आगजनी कसले गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ धुपहीमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । आगजनीबाट एनसेलको टावर पूर्ण रुपले नष्ट भएको ईलाका प्रहरी लुम्बिनीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान २ बजेतिर आगो लागेको थियो ।

Share.

Leave A Reply