play_circle_outline On Air

लोक ढुकढुकी

play_circle_outline On Air

लोक ढुकढुकी

त्रिशुलीमा कन्टेनर खस्यो एक वेपत्ता एक घाइते

0

चितवन , १५ साउन
नारायणगढ मुग्लिङ सडक खण्डमा एक कन्टेनर त्रिशुलीमा खसेको छ । चितवनको ईच्छाकामना गाउँपालिका ६ जलबिरेबाट आज दिउँसो ना ७ ख ३९३९ नम्बरको कन्टेनर त्रिशुली नदिमा खसेको हो ।

भरतपुरबाट मुग्लिङ तर्फ जादै गरेको बा२१च ११३३ नम्बरको कारलाई बिपरित दिशाबाट आई रहेको ना७ख ३९३९ नम्बरको कन्टेनरले ठक्कर दिदा उक्त कन्न्टेनर अनियन्त्रित भई सडकबाट करिव ८० मिटर तल त्रिशुली नदीमा खसेको हो ।

नदिमा कन्टेनर खस्दा कन्टेनरको चालक पर्सा जिल्ला बिरगन्ज बस्ने बर्ष ३६ को कम्लेश साह बेपत्ता भएका छन् ।

दुर्घटनामा परि कन्टेनरको सहचालक पर्सा जिल्ला बिरगन्ज बस्ने बर्ष २० को अजय साह गम्भिर घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको मुग्लिन प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply