play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

मुलुकभर ८० प्रतिशत रोपाइँ सम्पन्न

0

साउन, १५ ।
साउनको मध्य आइपुग्दा मुलुकभर ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशत कम हो । अघिल्लो वर्ष यो समयमा ८१.३१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यो वर्ष ८०.१८ प्रतिशत रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरले जनाएको छ । तुलनात्मक रुपमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रोपाइँ सकिएको छ । त्यहाँ ९४.१७ प्रतिशत रोपाइँ सकिँदा सबैभन्दा कम प्रदेश एकमा ७१.६५ प्रतिशत मात्रै रोपाइँ भएको छ । त्यस्तै प्रदेश दुईमा ७४.५०, प्रदेश ३ मा ७८.८३, गण्डकी प्रदेशमा ८४.५६, प्रदेश ५ मा ८४.६० र कर्णाली प्रदेशमा ९२.४० प्रतिशत रोपाइँ सकिएको छ । भौगोलिक हिसाबले उच्च पहाडमा ८४.९२, मध्य पहाडमा ८०.६६ र तराईमा ७९.७८ प्रतिशत रोपाइँ सकिएको छ ।

Share.

Leave A Reply