play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

भारतमा मुसलमान समुदायको ‘तीन तलाक’ अभ्यास अपराध ठहर

0

साउन, १५ ।
भारतीय संसद्ले तीन पटक ‘तलाक’ बोलेर तत्काल सम्बच्छविच्छेद गर्ने मुसलमान समुदायको अभ्यासलाई अपराध ठहर गरेको छ । लोकसभाबाट गत साता नै पारित भइसकेको विधेयक राज्यसभा पनि पारित भएको छ । योसँगै अब यदि कुनै मुसलमान श्रीमान्ले आफ्नी श्रीमतीलाई तीन पटक तलाक बोकेर सम्बन्ध विच्छेद गरेको पाइए उसलाई ३ वर्षसम्म कैद सजाय हुने छ । राज्यसभामा सत्तारुढ दलको बहुमत नभए पनि विपक्षी दलका केही सांसदले मतदान बहिस्कार गरेपछि विधेयक सजिलै पारित भएको हो । यो विधेयकको पक्षमा ९९ र विपक्षमा ८४ मत परेको थियो । विधेयकका विषयलाई लिएर राज्यसभामा मतदान हुने भएपछि टीआरएस, जेडियू र एआईएडीएमके जस्ता दलले मतदान बहिष्कार गरेका थिए । दुवै सदनबाट पारित भएपछि अब यो विधेयकलाई राष्ट्रपतिको प्रमाणीकरणका लागि पठाइएको छ ।

Share.

Leave A Reply